स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो
काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छनोट भएको डीएसपीको दोस्रो टोली हो । गत वर्षदेखि प्रहरीका उपल्ला तहमा बढुवा हुने अधिकारीका लागि एमपीएस कोर्स लागू गरिएको हो। २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भई हाल डीएसपी बनेकाहरूले यस वर्ष स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए। कुल ८९ जना डीएसपी सहभागी भएको परीक्षामा १६ जना मात्रै उत्तीर्ण भएका हुन्।
उत्तीर्ण भएकामध्ये डीएसपी विकास बम पहिलो, हरिप्रसाद पौडेल दोस्रो र प्रवीण कार्की तेस्रो स्थानमा रहेका छन्। उत्तीर्ण डीएसपीहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन्। यो कोर्स पास नगर्ने प्रहरी अधिकारी एसएसपीभन्दा माथिको बढुवाका लागि अयोग्य हुने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयले मंसिर २२, २३ र २४ गते एमपीएसका लागि प्रवेश परीक्षा सञ्चालन गरेको थियो। परीक्षाफल आइतबार सार्वजनिक गरिएको हो।
यता, केही डीएसपीहरूले प्रहरीमा स्टाफ कलेज कोर्स लागू गर्नु अनुचित भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नागरिकता देखाउनुहोस्, नुन लिएर जानुहोस्
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकहरूको सहजताका लागि आज बिहीबारदेखि आयोडिनयुक्त भानु नुन वितरण सुरु गरेको छ। स्थानीयलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरूमा प्रति परिवार २२ केजीका दरले...
US–Bangla दुर्घटनामा ऐतिहासिक फैसला: काठमाडौँ अदालतद्वारा असीमित क्षतिपूर्ति दिन एयरलाइन्सलाई बाध्य
काठमाडौँ । सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको US–Bangla Airlines को विमान दुर्घटनामा काठमाडौं जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाएको छ । अदालतले पाइलट तथा ककपिट क्रूको गम्भीर लापरवाही पुष्टि गर्दै अन्तर्राष्ट्रिय कानुनले तोकेको स...
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका
चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनह...
औसतमा आज बाहिरिनुपर्ने थियो मनसुन , तर अझै केही दिन लाग्ने अनुमान
१६ असोज, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज, अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर औसत मिति भएकाले हरेक वर्ष यही दिन मनसुन बाहिरिन्छ भन्ने हुँदैन । मौसमको अवस्था हेरेर केही दिनअघि वा पछि मनसुन बाहिरिने गर्छ । यस वर्ष भने नेपालबाट मनसुन...
नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न भक्तजनको चहलपहल
सिरहा । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।
लहान...



