बुधबार, ११ कात्तिक २०८३
नेपाली

आज महा शिवरात्री : पशुपतिका चारै ढोका खुला, दर्शनका लागि तीनवटा लाइन

Main News Image

काठमाण्डौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा कारबाही गरिने कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताए । 

महाशिवरात्रिका अवसरमा आज बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

पशुपति दर्शनका लागि तीन बाहिरी लाइन

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगंगा, पिंगलस्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । 

mediabaaji add

सम्बन्धित खबर

विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ ।  पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफ...

साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान

काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।  

सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय...