आज महा शिवरात्री : पशुपतिका चारै ढोका खुला, दर्शनका लागि तीनवटा लाइन
काठमाण्डौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा कारबाही गरिने कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताए ।
महाशिवरात्रिका अवसरमा आज बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
पशुपति दर्शनका लागि तीन बाहिरी लाइन
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगंगा, पिंगलस्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने
काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
भक्तपुरको...
साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान
काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।
सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन...
बालेनको निर्देशनपछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन् । प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकाय...
महाशिवरात्रिः पशुपतिनाथमा सकियो, लाखौँले गरे दर्शन
काठमाडौँ । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुप...
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
काठमाण्डौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ। काठमाडौं महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त म...
नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः आत्म पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म म्हः पूजा पर्व मनाउने गर्दछन् ।



