आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड
३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।
सन् २०२६ को विश्व खाद्य दिवसको नारा ‘आजको नवीनताः भोलिको पोषण’ रहेको छ । यस वर्षको नाराले कृषि तथा खाद्य प्रणालीमा प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग बढाएर भावी पुस्ताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ ।
बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा खाद्य उत्पादन र वितरणमा देखिएका चुनौतीबीच नवीन प्रविधिको प्रयोगलाई खाद्य प्रणाली सुधारको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ । कृषि उत्पादन वृद्धि, खाद्यान्नको उचित भण्डारण, वितरण प्रणालीमा सुधार र पौष्टिक आहारको पहुँच विस्तारमा प्रविधिको उपयोग आवश्यक रहेको दिवसको सन्देश छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओको स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको एफएओको उद्देश्य भोकमरी न्यूनीकरण, पोषण सुधार र खाद्य सुरक्षाका क्षेत्रमा विश्वव्यापी सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।
शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम...
रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर
रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।
यहाँका विभिन...
प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी संशोधनका कारण यो निर्णय लागू गरिएको जानकारी दिएको हो । काउन्सिलका अनुसार अघिल...
अन्तर्राष्ट्रिय मित्रता दिवस
काठमाडौँ । विश्वभर आज जुलाई ३० का दिन ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदै गर्दा नेपालका प्रमुख पुस्तकालय तथा अध्ययन केन्द्रहरूमा विशेष दृश्य र बेग्लै उत्साह देखिएको छ । साथीभाइसँग भेटघाट र रमाइलो गर्ने परम्परागत शैलीभन्दा फरक, ज्ञान साटासाट गर्...
बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना अस्ताए
काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका( ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
घरमाथिबाट अकस्मात खसेको पहिर...
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...



