रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर
रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।
यहाँका विभिन्न स्थानीय तहमा रहेका मुसहर, चमार र डोम समूदायका दलित बस्तीहरूमा चिसोले सबैभन्दा बढी असर गरेको छ । फुसको झुपडी, न्यानो लुगाको अभाव र पर्याप्त खाद्यान्न नहुँदा ती बस्तीका वृद्धवृद्धा, बालबालिका र सुत्केरी महिलाहरूको अवस्था दयनीय बनेको हो ।
धेरैजसो परिवारसँग ओढ्ने–ओछ्याउने तातो कपडा नभएकाले पराल ओछ्याएर र रातभर घुर आगो तापेर रात काट्न बाध्य छन्। अहिलेसम्म यो जाडोमा राहत लिएर कोहि पनि गाउँमा नआएको स्थानीय चन्द्र माझीले बताए । जाडोबाट बच्नका लागि अहिले घुर तापेर दिन बिताउने गरेको उनको भनाइ छ। चिसो अझै बढ्ने सम्भावना रहेकाले विपन्न वर्गका लागि तत्कालै कम्बल, दाउरा र पौष्टिक आहारको व्यवस्था गर्न जरुरी रहेको चन्द्रपुरका स्थानीय अगुवाहरुले माग गरेका छन। स्थानीय प्रशासन र नगरपालिकाहरूले केही स्थानमा दाउरा वितरण गरे पनि त्यो पर्याप्त देखिएको छैन।
एक्सप्रेस
सम्बन्धित खबर
एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।
विगतका वर्षमा पर...
रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवा...
हातहतियारको होडबाजी विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७...
राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनू : नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको...
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असा...
६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति
काठमाडौँ । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् ।
प...



