बुधबार, ०४ कात्तिक २०८३
नेपाली

आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड

Main News Image

३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।

सन् २०२६ को विश्व खाद्य दिवसको नारा ‘आजको नवीनताः भोलिको पोषण’ रहेको छ । यस वर्षको नाराले कृषि तथा खाद्य प्रणालीमा प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग बढाएर भावी पुस्ताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ ।

बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा खाद्य उत्पादन र वितरणमा देखिएका चुनौतीबीच नवीन प्रविधिको प्रयोगलाई खाद्य प्रणाली सुधारको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ । कृषि उत्पादन वृद्धि, खाद्यान्नको उचित भण्डारण, वितरण प्रणालीमा सुधार र पौष्टिक आहारको पहुँच विस्तारमा प्रविधिको उपयोग आवश्यक रहेको दिवसको सन्देश छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओको स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको एफएओको उद्देश्य भोकमरी न्यूनीकरण, पोषण सुधार र खाद्य सुरक्षाका क्षेत्रमा विश्वव्यापी सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।

mediabaaji add

सम्बन्धित खबर

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वा...

गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो...

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक...

नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फ...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

काठमाडौँ  । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन् । विभिन्न नदी किनारका सुकुम...

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद...