आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।
यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ “ बसाइँसराइ यात्रा सहज हुदैन यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन् जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाइसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दवाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ । ”
यसैगरी बसाइँसराइ गर्नेहरुलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभै बसाइँसराइका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुव्र्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित
काठमाण्डौँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्व...
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता
काठमाडौँ । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङ्क्रमण नेपालमा भित्रिन नदिन...
चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र...
पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन
काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो...
रायोको सागमा भेटियो उच्च विषादी
काठमाडौँ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्र...
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह
काठमाडौँ । जेनजेड आन्दोलनका नेता रवि किरण हमालले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बस्नुअघि नै सरकारले तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलाई पटक–पटक अन...



