आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम
काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो ।
उनका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, “तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।” आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्...
काग तिहार : यमराजको दूतको पूजा र प्रतीक
काठमाडौँ । तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराएको बेला माता पार्वतीले कागको स्वरूप लिई सन्द...
किसानलाई धान नकाट्न आग्रह मौसम विज्ञान विभागको आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
विभागका मौसमवि...
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
ललितपुर । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सुरक्...
आज दशैं टीकाको तेस्रो दिन : मान्यजनको हातबाट टीका-जमरा थाप्ने क्रम जारी
काठमाडौँ । विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढ-टाढासम्म यात्रा गरिरहेका छन् । बडादशैँको मुख्य दिन...
दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।
जिल्ला प्रहरी कार्यालय...



