आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम
काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो ।
उनका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, “तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।” आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसा...
पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ
काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्...
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्न...
सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग
काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको...
शुक्रबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया म...
६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति
काठमाडौँ । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् ।
प...



