आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौँ । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ ।
आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिक...
आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि
काठमाडौँ । २०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
धर्मशास्त्रमा...
कोसी र कर्णाली प्रदेशका पहाडी भू भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोसी, कर्णाली प्रदेशका पहाडी भू...
भोटेकोशीको बाढीले खोस्यो पौडेल परिवारको बुढेसकालको सहारा
बर्दिया । भोटेकोशीमा आएको भीषण बाढीले बर्दियाको बाँसगढी नगरपालिका ८, लक्ष्मणाका पौडेल परिवारमा कहिल्यै नपुर्ने घाउ छाडेको छ । नुवाकोटस्थित त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सोमनाथ पौडेलसहित उनको सिंगो परिवार बाढीमा...
सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा
काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बना...
अघिल्लो दिनभन्दा घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौँ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो । हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस...



