आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौँ । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ ।
आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकोप्रति आपत्ति
काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक...



