आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौँ । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ ।
आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सहिदको तस्बिरमा मल्यार्पण गरेर जेनजीको माइतीघरमा सामूहिक भाइटीका
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व,...
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...
गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
सो मार्गमा...
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ
काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार के...
नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन
काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका वि...



