आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत
काठमाडौँ । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ ।
आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसाले...
आश्विन शुक्ल सप्तमीः आज घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक स...
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको च...
मेलम्ची भ्रष्टाचारमा भीम उपाध्यायसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले मेलम्ची...
एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...
डिसेम्बर २५ : आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट...



