कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु
काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की
काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो। <...
भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर
काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँप...
अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक
काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।
प्रतिवेदनमा लगातारको...
पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले ग...
अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा मध्यपूर्वमा सैन्य विमान परिचालन : नागरिक उद्धारमा जुटे दुवै देश
काठमाडौँ । अष्ट्रेलियाले आफ्ना नागरिकको आकस्मिक निष्कासन योजना अनुरूप मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गरेको छ । अमेरिका–इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि विभिन्न देशहरूले आफ्ना...
पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो...



