यस साता सामान्य अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ०.८९ अंकले बढेर २६४१.४३ विन्दुमा आईपुगेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से यो साता ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो । यस साता तीन कारोबार दिन मात्र बजार खुलेको थियो । जसमा दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो ।
यस साता औसतमा ७८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ९९ करोड ४ लाखको कारोबार भयो । यस्तै, बुधबार ६ अर्ब २० करोड ९४ लाखको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
इन्धनको मूल्य बढेर आयो, तर नेपालमा खुद्रा मूल्य यथावत
काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२....
एपोलो हाइड्रोपावरले भोलिदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्दै
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
...
प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जा...
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेला नै अस्थायी यातायात सेवा सुचारु गर्न...
आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैय...



