नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ।
देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले बताए। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्याएका हुन् ।
रथ ठट...
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर
सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...
जोर्ते उकालोमा टिप्पर दुर्घटना, २५० मिटर तल खस्दा चालकको ज्यान गयो !
पाल्पा । पाल्पाको रिद्धिकोट गाउँपालिका–२ स्थित जोर्ते उकालोमा आज बिहान भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिप्पर सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनाग्रस...
रसुवा बाढी प्रभावितका लागि २१ दिने कार्यदल गठन : ‘बिल्ड ब्याक बेटर’ सिद्धान्तमा पुनःस्थापना गरिने
काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम...
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी ९कमलाक्षी० चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्...
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...



