मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग
काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमनमा खटाएको थियो ।
ती टोलीले कीर्तिपुर, कलंकी, कुलेश्वर, सोह्रखुट्टे, नयाँ बसपार्क, बालाजु, भक्तपुर, कोटेश्वर र चक्रपथआसपास क्षेत्रका ग्यास डिलर, वितरक र उद्योगमा समेत पुगेर अनुगमन गरेका छन् । उक्त अनुगमनमा खटिएका सबै टोलीले मागभन्दा न्यून ग्यास आपूर्ति भएको फेला परेको विभागका निर्देशक नरहरि तिवारीले बताए ।
उनका अनुसार मागको एकतिहाइ मात्रै आपूर्ति भएकाले उपभोक्ताले खाजेका वेला ग्यास पाउन समस्या भएको हो । ‘अहिले माग ह्वात्तै बढेको छ, तर बजारमा मागको एकतिहाइ पनि ग्यास आपूर्ति नभइरहेको पायौँ,’ उनले भने, ‘आयात बढाएर आपूर्ति सहज गर्नुको विकल्प छैन ।’ आयल निगमले भने दैनिक औसत मागभन्दा बढी आयात र वितरण भइरहेको दाबी गरेको छ ।
‘आयल निगमले तुरुन्तै अहिलेको मागअनुसार आयात क्षमता वृद्धि गर्नुपर्छ । औसत मागभन्दा बढी आयात भयो भन्ने टालटुले कुरा गरेर आपूर्ति सहज हुँदैन,’ उनले भने, ‘उद्योग र डिलरकहाँ उपभोक्ताको लाइन छ ।’ मुलुकभर दैनिक औसत एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । निगमले माघ लागेयता दैनिक सवा लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात गरिरहेको दाबी गरेको छ । तर, बजारमा आपूर्ति सहज हुन सकिरहेको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहान ५:४५ मा कति देखियो काठमाडौँको न्यूनतम तापक्रम ?
आज आइतबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो ।
यद्यपि यो सुर...
रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द
काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
प्रहरी...
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ३८ जना घाइते
काठमाडौँ । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५...
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यतिबेला लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा स...
चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थान...
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका १ जलजलामा रुकुमपूर्वबाट ६ जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र...



