शनिबार, ०७ कात्तिक २०८३
नेपाली

मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग

Main News Image

काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमनमा खटाएको थियो ।

ती टोलीले कीर्तिपुर, कलंकी, कुलेश्वर, सोह्रखुट्टे, नयाँ बसपार्क, बालाजु, भक्तपुर, कोटेश्वर र चक्रपथआसपास क्षेत्रका ग्यास डिलर, वितरक र उद्योगमा समेत पुगेर अनुगमन गरेका छन् । उक्त अनुगमनमा खटिएका सबै टोलीले मागभन्दा न्यून ग्यास आपूर्ति भएको फेला परेको विभागका निर्देशक नरहरि तिवारीले बताए ।

उनका अनुसार मागको एकतिहाइ मात्रै आपूर्ति भएकाले उपभोक्ताले खाजेका वेला ग्यास पाउन समस्या भएको हो । ‘अहिले माग ह्वात्तै बढेको छ, तर बजारमा मागको एकतिहाइ पनि ग्यास आपूर्ति नभइरहेको पायौँ,’ उनले भने, ‘आयात बढाएर आपूर्ति सहज गर्नुको विकल्प छैन ।’ आयल निगमले भने दैनिक औसत मागभन्दा बढी आयात र वितरण भइरहेको दाबी गरेको छ ।

 ‘आयल निगमले तुरुन्तै अहिलेको मागअनुसार आयात क्षमता वृद्धि गर्नुपर्छ । औसत मागभन्दा बढी आयात भयो भन्ने टालटुले कुरा गरेर आपूर्ति सहज हुँदैन,’ उनले भने, ‘उद्योग र डिलरकहाँ उपभोक्ताको लाइन छ ।’ मुलुकभर दैनिक औसत एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । निगमले माघ लागेयता दैनिक सवा लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात गरिरहेको दाबी गरेको छ । तर, बजारमा आपूर्ति सहज हुन सकिरहेको छैन ।

mediabaaji add

सम्बन्धित खबर

बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

उक्त भूकम्पको कम्पन बझाङक...

निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।

निर...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ । काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। उनले भने, ‘उपत्...

विज्ञापन प्रसारणअघि बोर्डको पूर्वस्वीकृति अनिवार्य, भ्रामक सामग्री हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा पूर्वस्वीकृति नलिई कुनै पनि श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सञ्चारमाध्यम तथा विज्ञापनदाताहरूलाई कडा निर्देशन दिएको छ ।

बोर्डले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न...

मंगलबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।

गण्डकी,...

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौँ । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिह...