बुधबार, ११ कात्तिक २०८३
नेपाली

जेनजी प्रदर्शनमा बल प्रयोग : बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्राचार

Main News Image

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वसँग बयान सकिएपछि आयोगले राजनीतिक तहको बयान प्रक्रिया सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई आयोगमा उपस्थित हुन पत्र पठाइएको छ। पत्रमा सात दिनभित्र आयोगमा आएर बयान दिन भनिएको छ ।

प्रवक्ता शर्माले आन्दोलनका समयमा प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान सकिएपछि राजनीतिक नेतृत्वसँग सोधपुछ सुरु गरिएको जानकारी दिए । सोही क्रममा तत्कालीन गृहमन्त्री लेखकलाई पहिलो चरणमा पत्र पठाइएको हो । आयोगका अनुसार तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको छ ।

सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगलाई सुरुमा तीन महिनाको म्याद दिइएकोमा पछिल्लो पटक सरकारले एक महिना थप गरेको छ । कार्की नेतृत्वको आयोगले तोकिएको समयभित्र तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित केही राजनीतिक व्यक्तिको बयान लिन बाँकी रहेको जनाएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन सुरु गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

बालेन र ओली एकैपटक झापा जाँदै

काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...

जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूलाई कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार

काठमाडौँ । जेनजी आन्दोलनका नाममा निवासमा भएको आगजनीबाट गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । उनले अवोधपनको मुखुण्डो ओढेर देश विध्वंस गर्नेहर...

सीमा क्षेत्रमा हुने चोरी–तस्करी र अवैध कारोबार रोक्न गृहमन्त्री गुरुङको निर्देशन

सुनसरी । गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध कारोबार तथा अन्य गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नंम्बर १ वराह बाहिनी म...

ओमप्रकाश अर्याल फेरि गृहमन्त्री !

काठमाडौँ । हालको अन्तरिम सरकारले बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको सदस्यको रुपमा मनोनयन गर्नको लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा नियुक्त हुने ३ जना राष्ट्रिय सभा सदस्यमध्ये एक पद रिक्त भएको अवस्थामा सरकारले अर्या...

दुर्गा प्रसाईं नेतृत्वको अभियानका प्रतिनिधिसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाण्डौँ । सरकारले आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  सहसचिव लिलाधर सुवेदीको संयोजकत्वम...

कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपु...