अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु मुद्राको भाउ पनि उच्च दरमा वृद्धि
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। सबैजसो मुद्राको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ ।
आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा थियो । गएको पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । त्यसयता घटेको अमेरिकी डलर आज फेरि सर्वाधिक महँगो बनेको हो ।
त्यसैगरि आज युरो १ को खरिदर १७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ४० र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ५६ र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
एपोलो हाइड्रोपावरले भोलिदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्दै
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
...
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेक...
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना तत्काल निर्माण प्रक्रिया थालिनेछ : कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका...
आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३,८४ का लागि संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ । समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आध...
सरकारले उपत्यकाका नदी किनारबाट विस्थापित प्रतिपरिवारलाई २५ हजार दिने
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउँदा विस्थापित हुने परिवारलाई राहत स्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित...
साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...



