बुधबार, ११ कात्तिक २०८३
नेपाली

अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु मुद्राको भाउ पनि उच्च दरमा वृद्धि

Main News Image

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। सबैजसो मुद्राको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ । 

आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा थियो । गएको पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । त्यसयता घटेको अमेरिकी डलर आज फेरि सर्वाधिक महँगो बनेको हो । 


त्यसैगरि आज युरो १ को खरिदर १७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा थियो ।  आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ४० र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ५६ र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा थियो । 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा थियो । 


mediabaaji add

सम्बन्धित खबर

महाकाली सिँचाइको अनुगमनमा मन्त्री घिसिङ, भने-पानी छोड्ने विषयमा भारतसँग कुरा भइरहेको छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर ब्यारेजेको निरीक्षण गरेका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन...

आज १३.५२ अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज...

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर साढे तीन प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कूल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थि...