बिहिबार, १२ कात्तिक २०८३
नेपाली

अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्ड थप महँगिए

Main News Image

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर घटेको थियो भने युरो, पाउन्डसहितका मुद्राको बढेको थियो । 

विगत केही दिनदेखि निरन्तर बढ्दै आएको युरो र पाउन्डको भाउ आज पनि बढेको छ । आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा छ। विगत केही दिनदेखि स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो । हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो । 

गएको सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो १ को खरिदर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा छ। हिजो  युरो १ को खरिदर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा  थियो । 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०१ रुपैयाँ ८९ र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ७६ र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा  थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ  छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा थियो । 


 

mediabaaji add

सम्बन्धित खबर

सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।

<...

हिमालयन बैंकको १२ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । हिमालयन बैंकको १२ लाख ८२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि बढ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक...

होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक

ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।



अ...

भारतको अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजगारी संकटमा

काठमाडौँ । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन् । इलामका ५६ उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन् ।

<...

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३...