६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ । निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।
५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
एक्सप्रेस
सम्बन्धित खबर
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ५० रुपैया...
सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो । <...
२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो
काठमाडौँ । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० को छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र...
नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार ४ अर्ब ९० करोड
काठमाडौँ । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भएको छ ।
आज...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोप...
साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई
काठमाण्डौँ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्त...



