६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ । निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।
५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
एक्सप्रेस
सम्बन्धित खबर
घट्यो चिराइतोको मूल्य, किसान चिन्तित
भोजपुर । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान नि...
शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर...
स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि...
साताभर ३७.६३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा आईपुगेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से यो साता ३७।६३ अंक घटेर २६७१.०७ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से...
भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन, हल्लाको पछि नलाग्न विभागको आग्रह
काठमाडौँ । रसुवा तथा नुवाकोट जिल्लाका हिमताल विस्फोट भई भोटेकोशी नदीमा बाढी आउन सक्ने आशङ्काका बीच जल तथा मौसम विज्ञान विभागले तत्काल त्यस्तो ठूलो बाढी आउन सक्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । विभिन्न माध्यम र सामाजिक सञ्जालमा फैलाइएका समाचार त...
निरन्तर बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो । अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रु...



