६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ । निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।
५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...
नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने
काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो सामान कोलकाता र विशाखापटनम्, विराटनगर जोगवनी तथा नौतनवा सुनौली मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको...
आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ ।
...भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजारले पाए शेयर
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणक...
त्रिशूली–३ ‘ए’ बाट जीवितै उद्धार गरिएका साह भन्छन्– सुरुङभित्र ४०–५० जना हुनुपर्छ
काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङभित्र अझै मानिसहरू हुनसक्ने बताएका छन् । शुक्रबार बाढी गएको १० दिनमा सुरुङबाट साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको...
आजका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९...



