सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, ४ वटामा ‘पोजेटिभ सर्किट’
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो । यद्यपि २ करोड बढी कित्ता कारोबार हुँदा कारोबार भने ८ अर्ब ६६ करोड रुपैयाँको भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस कारोबारमा १०५ वटाको मूल्य बढ्दा १५३ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमा खरिदबिक्री भएको छ । यस दिन सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ । यी सेयरधनीले क्रमशः १०३.५०, ८१, ७४.९० र ३३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन् । आज गिरावट दर भने निकै कम छ । अधिकतम ३.६० प्रतिशतसम्म मात्र सेयर घटेका छन् । जसमा युनिक नेपाल लघुवित्त, अभियान लघुवित्त, सान्भी इनर्जी लगायत छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा...
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने ३ अर्ब २९ करोडमा सीमित
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार भएको छ । आज...
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा...
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेला नै अस्थायी यातायात सेवा सुचारु गर्न...
फेरी घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
...सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।



