मङ्गलबार, २० असोज २०८३
नेपाली

प्रधानमन्त्रीलाई प्रश्नोत्तरमा सरिक हुन रुलिङ, प्रतिनिधिसभामा ७८ दिनको विपक्षीको अवरोध हट्यो

Main News Image

काठमाडौँ । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध समाप्त भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेपछि विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछाडि हटेका हुन् ।

विपक्षी दलका सांसदहरूले १७ जेठ २०८३ देखि प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिको जवाफ र स्पष्टीकरणको माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका थिए। सभामुखले प्रश्नोत्तर कार्यक्रमसँग सम्बन्धित रहेर रुलिङ गर्दै बस्न आग्रह गरेपछि विपक्षी सांसदहरू आफ्नो विरोधको कार्यक्रम फिर्ता लिन बाध्य भएका हुन् ।

mediabaaji add

सम्बन्धित खबर

यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भ...

जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिसहित दर्जनौं नेता निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा...

मन्त्रिपरिषद्का १४ निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका...

फरार अभियुक्त पासाङ शेर्पाको संरक्षणले एमाले गम्भीर संकटमा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैया...

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाका बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेशलाई सर्वस...

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ ।  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभ...