सडक विभागले बनायो ‘टास्क फोर्स’, राजमार्गका पहिरो पन्छाउन १५५ उपकरण
काठमाडौँ । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखाअन्तर्गत समग्रमा २ सय ७७ उपकरण छन् ।
बर्खामा पहिरो खसेर अवरुद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ–ठाउँमा उपकरण पठाइसकिएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताए। ‘पहिरो खसेर अवरुद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायीसँग मागेर पनि काम गर्न सकिन्छ।’
सडक विभागअन्तर्गत विभिन्न जिल्लामा विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै अवरुद्ध यातायात सञ्चालन गर्न सडक डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा ‘टास्क फोर्स’ बनाइएको छ। तुरुन्तै आवश्यक परेको ठाउँमा लगेर राख्न मिल्ने गरी तयारी देशभर १० वटा बेलिब्रिज अवस्थामा राखिएको विभागले जनाएको छ। ‘कहीँ आवश्यक परेको वा बाढीले पुलमा क्षति गरे तत्काल बेलिब्रिज राखेर सवारी आवागमन सञ्चालन गर्न मिल्ने गरी तयारी गरेका छौं,’ खड्काले भने। सरकारले पहिरोको दिगो व्यवस्थापनका लागि भन्दै आगामी आर्थिक वर्षका लागि ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
जसको प्रभावले हाल देशभर अ...
पश्चिमी वायुको प्रभाव : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश...
धुलिखेल-खावा सडक भोलिदेखि १० दिन रातको समयमा बन्द हुने
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । आइतबारबाट १० दिनसम्म राति सवारी आवागमन रोक लगाइने...
सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
सर्लाही । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका १३ स्थित बाके(संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृ...



