बुधबार, ११ कात्तिक २०८३
नेपाली

सडक विभागले बनायो ‘टास्क फोर्स’, राजमार्गका पहिरो पन्छाउन १५५ उपकरण

Main News Image

काठमाडौँ  । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखाअन्तर्गत समग्रमा २ सय ७७ उपकरण छन् ।

बर्खामा पहिरो खसेर अवरुद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ–ठाउँमा उपकरण पठाइसकिएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताए। ‘पहिरो खसेर अवरुद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायीसँग मागेर पनि काम गर्न सकिन्छ।’

सडक विभागअन्तर्गत विभिन्न जिल्लामा विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै अवरुद्ध यातायात सञ्चालन गर्न सडक डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा ‘टास्क फोर्स’ बनाइएको छ। तुरुन्तै आवश्यक परेको ठाउँमा लगेर राख्न मिल्ने गरी तयारी देशभर १० वटा बेलिब्रिज अवस्थामा राखिएको विभागले जनाएको छ। ‘कहीँ आवश्यक परेको वा बाढीले पुलमा क्षति गरे तत्काल बेलिब्रिज राखेर सवारी आवागमन सञ्चालन गर्न मिल्ने गरी तयारी गरेका छौं,’ खड्काले भने। सरकारले पहिरोको दिगो व्यवस्थापनका लागि भन्दै आगामी आर्थिक वर्षका लागि ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ।


mediabaaji add

सम्बन्धित खबर

बाढी र पहिरोले देशभरिको जनजीवन प्रभावित : जाजरकोट र दोलखामा दुई जनाको मृत्यु

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति समेत भएको छ भने तराई र भित्री मधेसका खोलाहरूमा आएको बाढीले यातायात र बस्तीहरू जोखि...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

३० असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना रहेको जानकारी दिएको छ । हाल कर्णाली र सुदुरपश्चिम प्...

कतारमा भएको विस्फोटमा नेपाली घाइते

काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् ।  उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागम...

तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...

रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।

प्रहरी...