शनिबार, २७ भदौ २०८३
नेपाली

सडक विभागले बनायो ‘टास्क फोर्स’, राजमार्गका पहिरो पन्छाउन १५५ उपकरण

Main News Image

काठमाडौँ  । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखाअन्तर्गत समग्रमा २ सय ७७ उपकरण छन् ।

बर्खामा पहिरो खसेर अवरुद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ–ठाउँमा उपकरण पठाइसकिएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताए। ‘पहिरो खसेर अवरुद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायीसँग मागेर पनि काम गर्न सकिन्छ।’

सडक विभागअन्तर्गत विभिन्न जिल्लामा विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै अवरुद्ध यातायात सञ्चालन गर्न सडक डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा ‘टास्क फोर्स’ बनाइएको छ। तुरुन्तै आवश्यक परेको ठाउँमा लगेर राख्न मिल्ने गरी तयारी देशभर १० वटा बेलिब्रिज अवस्थामा राखिएको विभागले जनाएको छ। ‘कहीँ आवश्यक परेको वा बाढीले पुलमा क्षति गरे तत्काल बेलिब्रिज राखेर सवारी आवागमन सञ्चालन गर्न मिल्ने गरी तयारी गरेका छौं,’ खड्काले भने। सरकारले पहिरोको दिगो व्यवस्थापनका लागि भन्दै आगामी आर्थिक वर्षका लागि ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ।


mediabaaji add

सम्बन्धित खबर

कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको भन्दै ११ विद्यार्थी संगठनको आपत्ति

काठमाडौँ । कक्षा १२ को परीक्षाफल प्रकाशनमा देखिएको गम्भीर प्राविधिक त्रुटि तथा केही समयअघि प्रकाशित एसईईको नतिजामा देखिएका कमजोरीहरूलाई लिएर विभिन्न ११ विद्यार्थी संगठनले कडा आपत्ति जनाएका छन् ।

नेपाल विद्यार्थी संघ ९नेविसंघ०, अनेरास्ववियु र...

गुल्मीमा थप ३० प्रजातिका नयाँ चरा फेला, पुगे तीन सय ५५

गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।  जिल्लाको रेसुङ्गा, मदा...

भोटेकोशी बाढी : १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रा...

सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली त...

मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना

बैतडी । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी म...

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौँ । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिह...