शुक्रबार, ३० असोज २०८३
नेपाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

Main News Image

३० असोज, काठमाडौँ । प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली आरएनपी–एआर लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको छ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति र आसपासका पहाडी भू–बनोटका साथै प्राविधिक तथा सञ्चालनसम्बन्धी सीमितताले प्रतिकूल मौसममा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ।

नयाँ प्रणाली उपग्रहमा आधारित हुनेछ। यसलाई कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन र नियामकीय स्वीकृतिलगायत प्रक्रिया पूरा गर्नुपर्नेछ।

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा ३२ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा झरेको छ ।

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्ब...

नेपालमा डिम्याट खाता ७७ लाख नाघ्यो, २६ प्रतिशत सेयर बजारसँग जोडिए

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट ९हितग्राही० खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७र७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट...

नेपाल लाइफको ५० हजार कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो ।

उक्त शेयरको प्रतिकि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।...

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी

हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर...