शनिबार, १४ कात्तिक २०८३
नेपाली

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

Main News Image

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ ।


mediabaaji add

सम्बन्धित खबर

इभि मोटर क्षमता विवादमा नाइमाको चासो, स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले विद्युतीय सवारी साधन ९इभि० को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नाइमाले शुक्रबार विज्ञप्ति जारी...

नेप्सेमा ६२.२९ अंकको वृद्धि, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज २३६ कम्पनीको सेयर मू...

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ...

सामान्य अंकले बढ्यो सेयरबजार, नेप्से २६४१.८५ विन्दुमा

काठमाडौँ । सेयरबजार सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ९५ करोडभन्दा बढी कित्ता सेयर किनबेच ह...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरि...

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा बैंकहरूको अधिकतम...