बुधबार, ११ कात्तिक २०८३
नेपाली

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

Main News Image

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । 

आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


mediabaaji add

सम्बन्धित खबर

बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि ब...

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशर...

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...

नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फ...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ। प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ। ‘त...

भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार

बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...