देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प...
अनसनरत डा निकोलससँग वार्ता गर्न वार्ता टोली गठन
काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको...
तराईमा हुस्सु–कुहिरो जारी, उपत्यकामा तुवालो र प्रदूषण
काठमाण्डौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज बिहानदेखि हुस्सु लागेको छ भने दिउँसो र रातिसम्म तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रद...



