बिहिबार, १२ कात्तिक २०८३
नेपाली

नवगठित नेकपाले २० प्रतिशत जेनजीको सहभागिता सुनिश्चित गर्ने

Main News Image

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीले नेतृत्वको विकास र हस्तान्तरणका लागि वैज्ञानिक विधि अपनाउने घोषणा गरेको छ । पार्टी पदाधिकारीहरूको कार्यकाल र उमेर हद निर्धारण गर्ने निर्णय गरेको छ । आजको एकता सम्मेलनमा प्रस्तुत गरिएको घोषणापत्रअनुसार पार्टीका सबै कमिटीहरूमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

घोषणापत्रका अनुसार जनवादी केन्द्रीयता सिद्धान्तलाई आधार मान्दै सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीका साथ पार्टीको संरचना र सञ्चालन हुनेछ । यसले पार्टीको रणनीतिक लक्ष्यको रूपमा वैज्ञानिक समाजवादलाई प्राथमिकता दिनेछ । राज्यसत्तामा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानीको व्यवस्थासमेत सुनिश्चित गरिनेछ ।

प्रारम्भिक चरणमा, सार्वजनिक क्षेत्र, सहकारी क्षेत्र र निजी क्षेत्रको मिश्रणका साथ तीनखम्बे अर्थतन्त्रलाई प्राथमिकता दिइनेछ। यसका माध्यमबाट सार्वजनिक क्षेत्रको विस्तार गर्दै उद्योगधन्दा विकास गरिनेछ। वित्तीय एकाधिकार र दलाल पुँजीवादको हस्तक्षेपबाट मुक्ति प्राप्त गर्दै समाजवादी अर्थतन्त्रको निर्माणमा सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यलाई सुदृढ गरिनेछ।

स्वदेशी कच्चापदार्थ र श्रम शक्तिको अधिकतम उपयोग गर्दै उद्योग र व्यापारको द्रुत विकास गरिनेछ। यसका साथै, पर्याप्त रोजगारी सिर्जना गर्ने र श्रमशक्ति को उपयोगको आधारमा ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ प्राप्त गर्ने व्यवस्था गरिनेछ ।

mediabaaji add

सम्बन्धित खबर

शिक्षामन्त्री पुनको आग्रह : उद्घाटन, शिलान्यासमा नबोलाइदिनुहोला

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफूलाई उद्घाटन, शिलान्यास जस्ता कार्यक्रममा नबोलाइदिन सबैसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कुनै पनि औपचारिक कार्यक्रममा अतिथी, प्रमुख अतिथी नबनाउन पनि आग्रह गरेका छन्...

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

काठमाडौँ । सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै असं...

आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई,...

स्वदेशी रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना भई उत्पादन सुरु भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको छ ।

कृषि, वन तथ...

प्रचण्डको क्षेत्रमा एमालेको अर्कै दलसँग गठबन्धन

काठमाडौँ । एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग केही स्थानमा गठबन्धन गर्ने भएको छ । रुकुम पूर्व र पश्चिममा नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपालाई सघाउने भएको हो ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्...

ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार...