बुधबार, ११ कात्तिक २०८३
नेपाली

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

Main News Image

काठमाडौँ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदरहरूले निक्षेपमा हल्का गिरावटको संकेत दिएका छन् । चैतको तुलनामा वैशाखमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको देखिएको हो । तथ्यांकअनुसार, चैतमा ४.४९ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको औसत ब्याजदर वैशाखमा झरेर ४.४० प्रतिशतमा पुगेको छ। संस्थागत निक्षेपतर्फ पनि ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ ।

बैंकगत अवस्थालाई हेर्दा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथास्थितिमा कायम राखेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले कमी गरेका छन् । हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०।२५ प्रतिशतले ब्याजदर घटाएको छ । नबिल बैंकमा संस्थागत निक्षेपदर ०.५४ प्रतिशतले घट्दा एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतले कटौती गरेका छन् । सिद्धार्थ बैंकले भने दुवै खालका निक्षेपदरमा समान ०.२५ प्रतिशतले गिरावट ल्याएको छ ।


mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्रा विनिमय दर स्थिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ । आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ । आज युरोपियन युरो एकको खरिद दर...

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको...

माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?

काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४।८६ प्रतिशत र संस्थागततर्फ औसत ३।३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि...