बागलुङका बगानमा पाके सुन्तला, किसानले पाएनन् उचित मूल्य
बागलुङ । बागलुङका ग्रामीण क्षेत्रका सुन्तला बगान यतिबेला पहेँलै भएका छन् । तर, सुन्तला पाकेर बगान राम्रो देखिए पनि किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारीहरू बगानमै आएर सुन्तला खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरूले बताए ।
काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट सुन्तला उत्पादनका लागि प्रसिद्ध क्षेत्र हुन्। सहरमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट ४० देखि ५० रुपैयाँमै लैजाने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए। व्यापारीका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उनको भनाइ छ ।
लाखौँको सुन्तला उत्पादन गर्दै आएका खड्काले उत्पादनलाई सही रूपमा बजारीकरण गर्ने वातावरण नहुँदा समस्या भएको बताए। उनले भने, उत्पादनअनुसारको मूल्य पाउने हो भने किसानको जीवनस्तर माथि उठ्थ्यो, तर व्यापारीले साउनभदौमै आएर बगान ठेक्का लिन्छन्, हामीले सस्तोमा दिनुपर्छ। अर्का किसान हरिप्रसाद कँडेलले पनि व्यापारीले अस्वाभाविक नाफा लिँदा किसान र उपभोक्ता ठगिएको बताए। किसानबाट ८० रुपैयाँमा किनेर बजारमा १०० रुपैयाँसम्ममा बेच्ने व्यवस्था भए दुवै पक्षलाई राहत हुने उनको सुझाव छ।
एक्सप्रेस
सम्बन्धित खबर
लमजुङबाट २४ करोडको अलैँची बिक्री
लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अ...
बढ्यो सुनचाँदीको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५१ ह...
चुनावी परिणामलाई नेप्सेको स्वागत, छ प्रतिशत वृद्धिसँगै कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभ...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,...
नेशनल लाईफद्धारा मधेश प्रदेशका सिइओ क्लब सदस्यहरु सम्मानित
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७०...



