अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत
गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ। चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ।
पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ। गत आर्थिक वर्षमा कुल रु ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व सङ्कलन भएको छ। जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ। बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा ! अब एक डलरको नेपाली कति रुपैयाँ हुन्छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन...
नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र...
मोरङमा बेमौसमी वर्षाले धान उत्पादन घट्यो, किसान चिन्तित
मोरङ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङ जिल्लामा यस वर्ष बेमौसमी वर्षाका कारण धान उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार बढिरहेको सुन र चाँदीको मूल्य बिहीबार भने घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुध...
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।



