पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय
काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । महासंघका अनुसार, कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ढुवानी खर्चको बढोत्तरीले पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न असम्भव भएको छ ।
हालका कच्चा पदार्थ—जस्तै बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्याप—लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतको वृद्धि भएको आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि बढेको जनाइएको छ । विश्व बजारमा आएको अस्थिरता, विशेषतः इरान–इजरायल र इरान–अमेरिका सम्बन्धका कारण नेपालका पानी उद्योगहरू प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सोमबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन यु...
अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्ड थप महँगिए
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर...



