बिहिबार, १२ कात्तिक २०८३
नेपाली

पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय

Main News Image

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । महासंघका अनुसार, कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ढुवानी खर्चको बढोत्तरीले पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न असम्भव भएको छ ।

हालका कच्चा पदार्थ—जस्तै बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप—लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतको वृद्धि भएको आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि बढेको जनाइएको छ । विश्व बजारमा आएको अस्थिरता, विशेषतः इरान–इजरायल र इरान–अमेरिका सम्बन्धका कारण नेपालका पानी उद्योगहरू प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रत...

लमजुङबाट २४ करोडको अलैँची बिक्री

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अ...

ग्यास अनुदान खारेज गरिँदै

काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गर्दै विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनता...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने

काठमाडौँ । सरकारले जनेजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदी...

रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...