बुधबार, ११ कात्तिक २०८३
नेपाली

राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

Main News Image

काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त सोही अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोराबारे सभालाई औपचारिक जानकारी गराउनेछन्। योसँगै राष्ट्रियसभाको यो अधिवेशनका सम्पूर्ण औपचारिक कार्यहरू आजै सम्पन्न हुने देखिएको छ।

बैठकको अर्को मुख्य कार्यसूचीमा प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२:१५ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

काठमाडौँ । नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको हो ।

पार्टी सभापति गगनकुमार थापाले पार...

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। यस्तै आजै द...

बल प्रयोगले समाधान हुँदैन, सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्...