आयोगले लियो पूर्वमहानिरीक्षक खापुङको बयान
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारमा खापुङसँग बयान लिएको हो । उनीमाथि २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नसकेको आरोप छ।
आयोगले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित राजनीतिक नेतृत्वसँग पनि बयान लिने तयारी गरेको छ। तीन महिनाको कार्यअवधि पाएको आयोगको म्याद पुस ९ गते सकिँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगको आग्रहमा एक महिना म्याद थप गरिसकेको छ । यसैबीच सरकार र जेनजीबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा म...



