वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा, कार्यपालिकाद्वारा स्वीकृत
जनकपुरधाम । वडाअध्यक्षबाट मालिस गराएर विवादमा आएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् । उपाध्यक्षलाई सम्बोधन गर्दै लेखेका राजीनामा पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ । उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए । अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।
एक्सप्रेस
सम्बन्धित खबर
चमतीमा रास्वपाको शपथ ग्रहण : सभापति लामिछानेसहितका नेताहरू केन्द्रीय कार्यालयमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह केहीबेरमा आयोजना हुँदैछ । चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने यस विशेष शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि रास्वपा सभापति रवि...
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
काठमाडौँ । नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवार...
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौँ । यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन समितिले नयाँ आचारसंहिता लागु गरेको हो ।
हालै भोटेकोशीलगायत देशका विभिन्न भू–भागमा आएको विन...
एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर...
जुम्लामा ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानबहादुर ज्ञानेन्द्र शाही विजयी भएका छन् । यस जितसँगै राप्रपाले यसपालि आफ्नो जीतको खाता खोलेको हो । शनिबार फागुन २३ दिउँसो सार्वजन...
एकैदिन ९ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् ।
...



