मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा, कार्यपालिकाद्वारा स्वीकृत

Main News Image

जनकपुरधाम । वडाअध्यक्षबाट मालिस गराएर विवादमा आएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् । उपाध्यक्षलाई सम्बोधन गर्दै लेखेका राजीनामा पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ । उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए । अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।

 

mediabaaji add

सम्बन्धित खबर

कांग्रेस महाधिवेशन २६ पुसदेखि काठमाडौंमा हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् । यससँगै विशेष महाधिवेशनको आवस्यकत...

विपद् व्यवस्थापनमा रास्वपाको निर्णय : छुट्टै संयन्त्र नबनाई सरकारकै एकद्वार प्रणालीबाट राहत बाँड्ने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि छुट्टै संयन्त्र नबनाई सरकारलाई नै पूर्ण रूपमा सघाउने निर्णय गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेक...

कुलमानले गरे विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पुर्‍याएको काभ्रेपलान्चोकको रोशी गाउँपालिका र न...