त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा मन्त्रालयबाट प्राप्त प्रतिवेदनको अध्ययनसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
गत वर्ष सरकारका तर्फबाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानबिन समितिले त्रिविको करिब २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न निकाय र व्यक्तिहरूले अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन अनुसार आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौँ उपत्यका खानेपानी बोर्ड, कृषि बागवानी केन्द्रलगायत संस्थासँगै कीर्तिपुरस्थित लेबोरेटरी विद्यालयले पनि त्रिविको जग्गा आफ्नो नाममा दर्ता गर्न खोजेको पाइएको छ । सो विद्यालयले त्रिविको स्वीकृति विना जग्गा कब्जा गरी भोग चलन गरिरहेको विवरणमा उल्लेख छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः आत्म पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म म्हः पूजा पर्व मनाउने गर्दछन् ।
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी ९कमलाक्षी० चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्...
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइँदै
काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरभित्रबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित स्थानीय आनन्द श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो...
कोसी र कर्णाली प्रदेशका पहाडी भू भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोसी, कर्णाली प्रदेशका पहाडी भू...
ग्यास सिलिन्डर विस्फोट हुँदा विश्वकर्माको मृत्यु
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचा...
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठ...



