सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यसको निष्कासन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए, विप्रेषणमा ३५.४ प्रतिशतको वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन असोजमा विप्रेषण रेमिट्यान्स आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बर...
फेरी सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँम...
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिद दर...
६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ ।
पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थित...
बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक ५ हजारले वृद्धि
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सि...



