पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रू सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र रू एक खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ ।
भारतसँग मात्र पाँच महिनामा रू तीन खर्ब ३९ अर्ब दुई करोडभन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट रू चार खर्ब ३४ अर्ब छ करोड ४२ लाखको वस्तु आयात हुँदा रू ९५ अर्ब चार करोड २० लाख बराबरको मात्रै निर्यात भएको छ ।
अर्को छिमेकी मुलुक चीनसँग रू एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र रू ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले रू एक खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा व्यहोरेको छ ।
नेपालले व्यापार नाफा गरेका मुलुकहरुमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा रू छ करोड ३४ लाख ६९ हजार बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बुधबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन यु...
साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुईको मृत्यु
काठमाडौँ । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन य...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, ग्याँस र पेट्रोलको मूल्य यथावत्
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूंल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ भाउ पठाएपछि नेपाल आयल निगमले समायोजन गरेको हो । सोअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ, डिजे...
होर्मुज खुल्ने संकेतले घट्यो कच्चा तेलको मूल्य, अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौँ । इरान र ओमानबिच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत मिलेको छ ।
दुवै पक्षका प्रतिनिधिहरूले सहमतिको सम्भावना देखाएपछि मध्यपूर्वमा...
अण्डाको मूल्य बढ्यो, किसानले अझै पाएनन् लागत मूल्य
काठमाण्डौँ । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्छ ।
संघका अनुसार आजबाट लागू हुनेगरी ठ...



