सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न आदेश दिएको हो ।
यसअघि गत शुक्रबार नै सर्वोच्चले आयोगका कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको थियो। तर, उक्त आदेशको अवज्ञा गर्दै आयोगले पूर्वन्यायाधीश, पूर्वसैन्याधिकारी र संवैधानिक आयोगका पूर्वपदाधिकारीबाहेक अन्यको सम्पत्ति छानबिन गर्ने कार्यलाई निरन्तरता दिने भनी सूचना जारी गरेको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
हुम्लाका हिल्सालगायत उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो अत्यधिक बढ्यो
हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा शुक्रबार साँझदेखि लगातार वर्षासँगै हिमपात भइरहेको छ । नाम्खा गाउँपालिका–६ स्थित चीनसँगको सीमावर्ती बजार हिल्सा, न्यालु र नारा लेख लगायतका अग्ला क्षेत्रहरूमा यो वर्षकै पहिलो हिमपात भएको हो ।
हि...
नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न
काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान रिजिड पेभमेन्ट गरी कुल २७ किलोमिटर सडक न...



