पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो।
हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ। कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। हाल जर्मनीमा बसोबास गर्दै आएका धनकुटाको हिलेका शंकर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गरेका हुन्। कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गरे।
साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे। पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन्। गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ। नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
दशैंको भावनासँग जोडिएको ‘फर्क ए परदेशी’ सार्वजनिक
काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा परदेशमा रहेका नेपालीलाई घर फर्किन आग्रह गर्ने भाव बोकेको नयाँ गीत ‘फर्क आ परदेशी’ सार्वजनिक भएको छ । दीपक तिरुवा अफिसियलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक त...
एलिनाको मर्मस्पर्शी गीत "करिमै छैन के"
काठमाडौँ । लोकप्रिय गीत करिमै छैन के युट्युबमा दर्शकको मन जित्दै भाइरल बन्दै गएको छ । भावनात्मक शब्द, मधुर स्वर र सुन्दर संगीत संयोजनका कारण गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको हो । रबि ओड र रन्जिता बिश्वकर्माको आवाजमा सजिएको यस गितमा एलिना...
अमेरिकाबाटै धुर्मुस सुन्तलीले ल्याउने भए हाँस्य सिरियल ‘म त मर्छु क्या हो’
काठमाण्डौँ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन् । यहाँको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या...
दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी, एक्का मिस्सी बादशाह घोषणा
काठमाण्डौँ । फिल्म एक्का मिस्सी बादशाहको निर्माण घोषणा गरिएको छ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वज...
मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...
‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना
काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...



