सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि मंसिर ७ गते आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको हो ।
आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते आवेदन दिने समय तोकिएको छ ।
आयोजना प्रभावितबारे वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता ४० प्रतिशत र अन्य प्रभावित वडाका स्थानीय बासिन्दालाई ६० लाख कित्ता ६० प्रतिशत गरी सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शेयर हबले शुरुआती लगानीकर्ताका लागि टेक्निकल एनालिसिस तालिम सञ्चालन गर्ने, कसरी जोडिने ?
काठमाडौँ । शेयर हबले शेयर बजारमा प्राविधिक विश्लेषण सिक्न चाहने शुरुआती लगानीकर्तालाई लक्षित गरी १० दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘Technical Analysis Training for Beginners’ नामक तालिममा मूल्यको चार्ट बुझ्न, बजारको प्रवृत्ति पहिचान...
कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय
काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत...
जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ?
© रविन्द्र लामिछाने (नविन)
जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ?
जीवन बिमा (Life Insurance) भनेको मानव जीवनसँग सम्बन्ध...
यस साता सामान्य अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ०.५६ अंकले घटेर २७१४.०५ विन्दुमा आईपुगेको छ । गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से यो साता ७३.१८ अंक घटेर २७१४.०५ विन्दुमा पुगेको हो । यस साता पाँच कारोबार दिन बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से घ...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ५२० रुपै...
सुनको मूल्यमा भारी गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन नौ हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुन...



